Kathmandu Press

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

प्रदेशसभा र प्रतिनिधि सभाका कुल ८८१ सांसदहरुको नाम मतदाता नामावलीमा समावेश छ ।
राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौं, फागुन १० : राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावाली सार्वजनिक भएको छ। 

बुधबार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि प्रतिनिधि सभाका ३३१ सांसद र प्रदेश सभाका ५५० सांसदले मतदान गर्ने भएका छन् । 

प्रतिनिधि सभाको ३३४ सांसदमध्ये चितवन–२ रिक्त छ । त्यस्तै कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले उनले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने छैनन् । कैलालीबाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम पनि मतदाता नामावलीमा समावेश नभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

प्रदेशसभा र प्रतिनिधि सभाका कुल ८८१ सांसदहरुको नाम मतदाता नामावलीमा समावेश छ । नामावलीउपर दाबी विरोधको उजुरी दिन आज बिहान ११ बजेदेखि भोलि मध्याह्न १२ बजेसम्मको समय निर्धारण गरिएको छ । दाबी विरोधमा आवश्यक छानबिन गरी भोलि अपराह्न ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने छ । 

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । त्यसका लागि १३ गते मनोनयन दर्ताको मिति तोकिएको छ । राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुले मतदान गर्नेछन् । प्रतिनिधि सभा र प्रदेशसभाको सांंसदको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ रहेको छ । 

 

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्