Kathmandu Press

विस्फाेटक पदार्थ पड्किँदा पोखरामा दुई बालक घाइते

घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
विस्फाेटक पदार्थ पड्किँदा पोखरामा दुई बालक घाइते

पोखरा, फागुन १० : पोखरामा विस्फाेटक पदार्थ पड्किँदा दुई बालक घाइते भएको पाइएको छ। घटना मंगलबारकाे  भए पनि आज (बुधबार) मात्र सार्वजनिक भएको प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ छन्।

घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु खेलाउने क्रममा विस्फोट भएको जनाइएकाे छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्