जन्ममिति विवादले राजीनामा दिने मुडमा डिआइजी अशोक सिंह
मेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन्। उनले सम्भवतः आजै (बुधबार नै) राजीनामा दिने तयारी गरेको बुझिएको छ।
काठमाडौं, फागुन १० : डिआइजी अशोक सिंहले राजीनामा दिने मुडमा पुगेका छन्। उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन्। उनले सम्भवतः आजै (बुधबार नै) राजीनामा दिने तयारी गरेको बुझिएको छ।
राजीनामा दिने विषयमा उनले आइजिपी धीरजप्रताप सिंहसँग छलफल गरिसकेको बताइएको छ। उनले कानुनविदहरूसँग पनि परामर्श लिइसकेको जनाइएको छ। उनलाई राजीनामा दिनु नै उचित हुने सल्लाह आएको स्रोतको भनाइ छ।
प्रहरी प्रमुखको दाबेदार मानिएका सिंहको सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरकफरक पाइएपछि उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।अख्तियारले जन्म मितिबारे प्रहरी प्रधान कार्यालय र प्रहरी कितावखानामा सोधपुछ गरेको थियो।
जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी भएको उनको नागरिकतामा जन्ममिति २०२४ रहे पनि शैक्षिक प्रमाणपत्रमा २०२५ भएकाले सोहीबमोजिम प्रहरी प्रधान कार्यालयको सिट रोलमा उनको जन्ममिति राखिएको छ।
प्रहरी नियमवालीमा सेवा प्रवेश गर्दा सम्बन्धित व्यक्तिले लिएको नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र वैयक्तिक विवरण सबैमा एउटै मिति नभए पहिले अवकाश हुने मिति मान्य हुनुपर्ने उल्लेख छ। सोही नियमावलीमा टेकेर उनको जन्ममिति नागरिकताअनुसार अवकाशको आधार २०२४ कायम हुनुपर्ने प्रहरी प्रधान कार्यालयका अधिकृतहरूको धारणा छ।
प्रहरी नियमावलीअनुसार उनलाई बर्खास्त गर्न सकिने भएकाले प्रहरी प्रधान कार्यालयले एक्सन लिनुअघि नै सिंहले राजीनामा दिने तयारी गरेको प्रहरी उच्च स्रोतको भनाइ छ। सिंहले राजीनामा दिए भावी आईजीपीको दौडमा डिआइजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिस्पर्धी हुनेछन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










