Kathmandu Press

राष्ट्रपतिबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै 

राष्ट्रपतिबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै 

काठमाडौं, फागुन १० : नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ । 

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

आजको बैठकमा राष्ट्रपतिको निर्वाचन र उम्मेदवारबारे छलफल हुने छ । पार्टीका अध्यक्ष माधव नेपालले अहिले सम्म विभिन्न पार्टीका नेताहरुसँग भएको भेटवार्ताबारे नेताहरुलाई ब्रिफिङ गराउने बताइएको छ । 

अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ । एमालेको प्रस्तावलाई चासोका साथ हेरिएको छ । तर एकीकृत समाजवादीले कुनै निर्णय लिएको छैन ।

प्रकाशित मिति: ११:५२ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्