Kathmandu Press

बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता 

राष्ट्रपतिबारे छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका छन् ।
बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता 

काठमाडौं, फागुन १० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । 

बुधबार बिहान बालुवाटार पुगेर अध्यक्ष अ‍ोलीले प्रधानमन्त्री प्रचण्डसँग छलफल भेटवार्ता गरेका हुन् । अहिले दुई नेताबीचको छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सत्ता गठबन्धनमा राष्ट्रपतिको विषयमा अझै सहमति हुन सकेको छैन । प्रचण्ड र ओलीबीच एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउने भद्र सहमति भएपनि कांग्रेसले विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अडान राख्दै आएका छन् । 

एमाले अध्यक्ष अ‍ोलीले आफू अनुकुलको राष्ट्रपति बनाउन प्रधानमन्त्रीसँग लगातार छलफल गरिरहेका छन् । तर, प्रचण्ड एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु भन्दा कांग्रेसले अघि सार्ने उम्मेदवारलाई राष्ट्रपति बनाउँदा सरकार अनुकुल ढंगले चलाउन सकिने निष्कर्षमा पुगेका छन् ।  

आजको भेटवार्तामा प्रधानमन्त्रीसँग राष्ट्रपतिबारे माओवादी केन्द्रको बैठकले गरेको निर्णयका विषयमा छलफल हुने छ । 

प्रकाशित मिति: ११:१९ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्