Kathmandu Press

धुम्बाराहीमा कांग्रेस र लोसपाका नेताहरुबीच छलफल जारी 

धुम्बाराहीमा कांग्रेस र लोसपाका नेताहरुबीच छलफल जारी 

काठमाडौं, फागुन १० : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा दुई दलका नेताहरुबीच छलफल भइरहेको छ ।   

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल गरेका हुन् । 

मंगलवार बसेको कार्यकारिणी समितिको बैठकले ठाकुरलाई राष्ट्रपतिमा अगाडि सार्ने निर्णय गर्दै प्रमुख दलका अध्यक्षलाई भेटेर सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको थियो। 

सोही निर्णयअनुसार लोसपाले आज नेपाली कांग्रेससँग छलफल गरेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।

निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।

प्रकाशित मिति: १०:५८ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्