राष्ट्रपतिमा महन्थको प्रस्ताव लिएर लोसपा नेताले देउवालाई भेट्दै
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शिर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।
काठमाडौं, फागुन १० : सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर भन्दै लोकातान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) का शीर्ष नेताहरूले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शिर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पुर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरूबीच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको छ ।
प्रकाशित मिति: ०८:१८ बजे, बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)