Kathmandu Press

कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

चिकित्सकहरूका अनुसार आजदेखि उनलाई कृत्रिम अक्सिजन दिन बन्द गरिनेछ। सांसद भण्डारीको फागुन ४ गतेदेखि भारत मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ। 
कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौं, फागुन १० : खाना पकाउने ग्यास लिक भई भएको आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ। 

चिकित्सकहरूका अनुसार आजदेखि उनलाई कृत्रिम अक्सिजन दिन बन्द गरिनेछ। सांसद भण्डारीको फागुन ४ गतेदेखि भारत मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ। 

सांसद भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएको मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले बताए। 

यही फागुन ३ गते राति आफ्नो निवास बुद्धनगरमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

प्रकाशित मिति: ०७:२६ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्