Kathmandu Press

अमेरिकाकाे धातु उत्पादन कारखानामा विस्फोट

अमेरिकाकाे धातु उत्पादन कारखानामा विस्फोट

वासिङ्टन, फागुन ९ : अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।  संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको बेडफोर्डमा सोमबार भएको विस्फोटमा एक जनाको मृत्यु भएको तथा १३ जना घाइते भएका सरकारी अधिकारीले पुष्टि गरेका छन् । 

तामा मिश्रित धातु उत्पादन गर्ने  सुम्यान एण्ड कम्पनीमा उक्त विष्फोट भएको हो । विष्फोटमा घााइते भएका सबैलाई अस्पताल लगिएकोे अग्नि अधिकारीहरूले बताएका छन् ।  विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनीहरूले जनाएका छन् । सुम्यानको भौतिक संरचनामा व्यापक क्षति भएको छ । विष्फोटपछि बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो । उक्त क्षेत्रका धेरै स्थानीयले त्यसबारे गुनासो गरेका  थिए ।

प्रकाशित मिति: १९:३४ बजे, मंगलबार, फागुन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्