प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छिट्टै निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, फागुन ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्र्कमा पुर्याउने बताएका छन।
बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आज नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वको गएको टोलीसँग उनले विषय गम्भीर भएको हुनाले चाँडै छलफल गरेर निष्कर्षमा पुग्ने बताए।
बारका अध्यक्ष घिमिरले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीसमक्ष माग गरेका थिए।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र उच्च अदालतमा न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेको हुनाले यस प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउन उनले माग गरे। अध्यक्ष घिमिरेले कायममुकायम (कामु) को भरमा न्यायालय चलेको एक वर्ष बितिसकेको हुनाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने माग राखिएको बताए।
विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीशले काम गरिरहेका छन। सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद खाली छ । त्यस्तै, उच्चमा पनि धेरै ठाउँमा कामुकै भरमा चलेको छ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










