Kathmandu Press

जंगलमा भेटिएकाे विस्फाेटक पदार्थ खेलाउँदा दुई बालक घाइते

जंगलमा भेटिएकाे विस्फाेटक पदार्थ खेलाउँदा दुई बालक घाइते

कास्की, फागुन ९ : पाेखरामा जंगलमा भेटिएकाे विस्फाेटक पदार्थ खेलाउँदा दुई बालक घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका-३३ ठूलढुंगाका १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेका छन। 

प्रहरीका अनुसार उनीहरुले जंगलमा भेट्टाएको विस्फोटक पदार्थलाई घरमा लगेर किला ठोक्दा पड्किएको थियो । दुवैको हात र खुट्टामा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा उपचार भइरहेकाे छ।

प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, फागुन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्