Kathmandu Press

महन्थ ठाकुरलाई  राष्ट्रपति बनाउन लाेसपाकाे प्रस्ताव

महन्थ ठाकुरलाई  राष्ट्रपति बनाउन लाेसपाकाे प्रस्ताव

काठमाडाैं, फागुन ९ : लोकतान्त्रिक समाजवादी पार्टीले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई  राष्ट्रपति बनाउन प्रस्ताव गरेकाे छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बालुवाटारमा भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव गरिएकाे हाे।

नेता राजेन्द्र महतोका अनुसार 'प्रधानमन्त्रीजीले राष्ट्रपतिमा सहमतिको उम्मेदवार चाहिन्छ भन्नुभएको छ । त्यै सम्बन्धमा हामी प्रधानमन्त्रीलाई भेट्न गएका थियौं । प्रधानमन्त्रीलाई हामीले राष्ट्रपतिको उम्मेदवारी राष्ट्रिय सहमतिको गर्ने राम्रो विचार हो, अहिलेको अवस्थामा राष्ट्रिय सहमतिकै उम्मेदवार उपयुक्त हुन्छ । हामीलाई तपाईंको विचार उपयुक्त लागेको छ र यो राष्ट्रिय सहमतिको पात्र महन्थ ठाकुर पनि हुन सक्नुहुन्छ भन्यौं । ठाकुरको नाउँमा सहमति गराउन सजिलो होला कि भनेर हामीले उहाँलाई आग्रह गरेका थियौं ।'

प्रधानमन्त्री दाहालले राष्ट्रपतिका लागि ठाकुर पनि उपयुक्त पात्र भएको जवाफ दिएको महतोले बताए । प्रधानमन्त्री दाहालले हालसम्म कसैको पनि नाम नलिएको र आफू सल्लाहमा नै रहेको जवाफ लोसपाका नेताहरूलाई दिएका थिए । 

राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने भएको छ ।

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, फागुन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्