इन्डिकेटरमा समस्या देखिएपछि विराटनगर उडेको सौर्य एयरको जहाज फिर्ता

काठमाडाैं, फागुन ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वे मै फिर्ता भएको छ । विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ ।
यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार जहाजमा के समस्या देखिएको हो भन्ने खुलेको छैन । जहाज अहिले पार्किङ–वेमै छ ।
जहाज कम्पनीका इञ्जिनीयरले उक्त जहाजमा भएको समस्याका विषयमा छानबिन गरी उडानका लागि योग्य भन्ने जानकारी गराएपछि मात्रै उडान अनुमति पाउने विमानस्थलले जनाएको छ।
प्रकाशित मिति: १२:२८ बजे, मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










