Kathmandu Press

जितका लागि नेपाललाई २१३ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट 

स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको छ । आजको खेलमा सन्दीप लामिछानेले ४ र करण केसीले तीन विकेट लिए।
जितका लागि नेपाललाई २१३ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट 

काठमाडौं, फागुन ९ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि रनको लक्ष्य दिएको छ । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले ४६ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो ।

आजको खेलमा ओपनर जर्ज मुन्सीले अर्धशतक बनाए। उनले ५० बलमा ९ चौका र २ छक्काको मद्दतमा ६० रन बनाए । 
त्यस्तै म्याथ्यु क्रुसले  ६३ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाए । अर्का ब्याट्सम्यान ब्रान्डन मिकमुलेनले ३१ रन बनाए । त्यस्तै केल कोइजरले २२,  क्रिस्टोफर मिक्ब्राइडले समान २२/२२ रन बनाए । 

आजको खेलमा कप्तान रिची बेरिङ्गटन पहिलो बलमै आउट भए । अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेका सन्दीपले ४ विकेट लिए । उनले बिस्फोटक ब्याटिङ गरिरहेका जर्ज मुन्सीलाई पवेलियन पठाएका थिए । त्यस्तै केल कोइजर, कप्तान रिची, टोमस मेकिन्टोस पनि सन्दीपको बलमा टिक्न सकेनन् । 

खेलमा करण केसीले तीन विकेट लिए। उनले ब्रान्डन मिकमेलन, माइकल लिस्क र मार्क वाटलाई सस्तो रनमै पवेलियन फर्काएका थिए । त्यस्तै ललित राजवंशी र कुशल मल्लले एकएक विकेट लिए ।
 

प्रकाशित मिति: १२:३५ बजे, मंगलबार, फागुन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्