राष्ट्रपति भण्डारी हेटौँडामा

काठमाडौं, फागुन ९ : राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौँडा पुगेकी छन् ।
हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उनी ११ बजेपछि त्यहा पुगेकी प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।
हेटौँडा अस्पतालस्थित प्राङ्गणमा उद्घाटन समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीले केही समयपछि सो समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










