स्कटल्यान्डविरुद्ध बलिङमा नेपाल, सन्दीप लामिछानेकाे ह्याट्रिक
सन्दीप लामिछानेले एउटै ओभरमा लगातार दुई विकेट लिएका छन् ।
काठमाडौं, फागुन ९ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज स्कटल्यान्डसँग अन्तिम खेल खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपाल फिल्डिङमा छ ।
खेलको १४ औं ओभर चलिरहँदा स्कटल्यान्डले तीन विकेट गुमाएर ९० रन जोडेकाे छ ।
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आज अत्यन्तै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले अहिलेसम्म तीन विकेट लिएर आफ्नो ह्याट्रिक पूरा गरिसकेका छन् ।
निकै विस्फोटक ब्याटिङ गरिरहेका जर्ज मुन्सीलाई बोल्ड आउट गरेर सन्दीपले पवेलियन पठाएका छन् । मुन्सीले ५० बलमा ९ चौका २ छक्का प्रहार गरि ६० रन बनाएका छन् । मुन्सीको विकेट लगत्तै क्रिजमा आएका कप्तान रिची बेरिङ्गटन सन्दीपको पहिलो बलमै एलबिडब्लु आउट हुन पुगे ।
यसअघि ओपनर केल क्वेजरलाई पनि सन्दीपले नै पवेलियन फर्काएका थिए ।
जारी सिरिजको अघिल्ला तीनै खेल नेपालले विजयी हासिल गरेको थियोे । नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अङ्कका साथ छैटौँ स्थानमा छ ।
त्यस्तै स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र नौ मा हारका साथ ५० अङ्कका साथ शीर्षस्थानमा छ । नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










