Kathmandu Press

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

काठमाडौं, माघ ८ : नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ।

एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उनले भने, “गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय गरेको छ।”

एयरलाइन्सले आर्थिकरूपमा सबल रहेको भनेर नआएसम्म पुनःउडान नहुने पनि प्रवक्ता निरौलाले स्पष्ट पार्नुभयो । निर्णयअनुसार गुणका सात वटै विमानले सोमबारदेखि नै उडान भर्न पाएका छैनन्।

यसैबीच प्राधिकरणले थाई एयरवेजले विगतदेखि गर्दै आइरहेको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको म्याद थप नगर्ने निर्णय गरेको छ । प्रवक्ता निरौलाका अनुसार हवाई विभाग हुँदादेखिनै उक्त सेवा प्रदान गर्दै आएको थियो।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले मुलुकका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सेवा गर्दै आएको छ।

थाई एयरवेजले कोभिडपूर्व नेपालमा नियमित उडान गथ्र्यो । कोभिड सुरुहुनुभन्दा केही समयअघि नै उक्त वायुसेवा कम्पनीको उडान बन्द भएको थियो।

अहिले थाई स्माइलले काठमाडौँमा उडान गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले एयर इण्डियाले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।

प्रकाशित मिति: २१:१४ बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्