Kathmandu Press

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल सोमबार पोखराबाट काठमाडौं आए भएलगत्तै सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुवै नेताबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता
फाइल तस्बिर ।

काठमाडौं, माघ ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल सोमबार पोखराबाट काठमाडौं आए भएलगत्तै सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुवै नेताबीच भेटवार्ता भएको हो।

उनीहरूबीच करिब एक घण्टा भेट भएको बताइएको छ। दहालले माओवादीको पदाधिकारी बैठकअघि नेपाललाई भेटेका हुन्।

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताबीच भेटवार्ता बाक्लिएको छ। माओवादीको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्ने अधिकारी दाहाललाई दिएको छ।

प्रकाशित मिति: १९:४० बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्