प्रियंका सुनारको हत्या आरोपमा उनकै पतिसहित तीनजना पक्राउ
पक्राउ पर्नेमा उनका पति २९ वर्षीय रमेश साह र कटहरी गाउँपालिका ५ का रमानन्द राम र सोही ठाउँका ३५ वर्षीय उमेश सरदारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विराटनगर, फागुन ८ : विराटनगर–१९ की २८ वर्षीया प्रियंका सुनारको हत्या आरोपमा प्रहरीले उनकै पतिसहित तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उनका पति २९ वर्षीय रमेश साह र कटहरी गाउँपालिका ५ का रमानन्द राम र सोही ठाउँका ३५ वर्षीय उमेश सरदारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र सो कार्यमा उमेशको गाडी प्रयोग भएको पाइएको प्रहरीको भनाइ छ। प्रियंकाको शव आज (सोमबार) मोरङको बुढीगंगा–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो।
प्रियंकाको हत्या आइतबार दिउँसोतिर भएको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरीको अनसमान छ। शव भेटिएको घरधनी नरसिंह र शव व्यवस्थापन गर्ने रमानन्द पहिला देखिको चिनजान रहेको बताइएको छ। प्रहरीले नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ।
शवको घाँटीमा नीलडाम र कानमा चोट लागेको प्हरीको भनाइ छ। मृतकको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










