दलविशेषको राष्ट्रपति बनाउने कुरा संविधानविपरीत : देव गुरुङ
सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले पार्टी विशेषको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा संविधानमा नै नरहेको बताएकाे हो।
काठमाडाैं, फागुन ८ : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधानविपरीत भएको टिप्पणी गरेका छन्।
सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले पार्टी विशेषको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा संविधानमा नै नरहेको बताएकाे हो। उनले एमाले पार्टी बिशेषलाई राष्ट्रपति दिने भन्ने कुरा पनि संविधान विपरीत नै रहेको जिकिर गरे।
राष्ट्रपतिका लागि कुनै दलले प्रस्ताव राख्ने कुरा स्वभाविक भएपनि कुनै दल बिशेषलाई नै राष्ट्रपति बनाउने भन्ने बिषय फरक रहेको उनले बताए।
गुरुङले राष्ट्रपति संविधानको संरक्षक भएकाले साझा व्यक्तिका रुपमा उक्त संस्थामा प्रवेश गर्नुपर्ने धारणा राखे। उनले राष्ट्रपति गठबन्धनसंग जोडिएको विषय नभएको समेत बताए।
यसअघि भएको कटुवाल प्रकरण, संसद बिघटन प्रकरण, सरकारको सिफारिस कार्यन्वयन नभएको विषय लगाएतलाई हेर्दा राष्ट्रिय सहमतिका आधारमा दलबाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने उहाले बताए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










