क्रिकेटमा स्पट फिक्सिङकाे अभियोगमा पाँचजनाविरुद्ध मुद्दा
सरकारी वकिलको कार्यालय काठमाडौंले खेलाडीहरू नितेश गुप्ता, मेहबुब आलम र मोहम्म आदिल अन्सारी तथा नवीन कँडेल र रवि माझीविरुद्ध सोमबार अभियोगपत्र दायर गरेको हो। अभियुक्तमध्येका कँडेल र माझी गैरखेलाडी हुन्।
काठमाडौं, फागुन ८ : खेलमा मिलोमतो तथा अनियमितता (स्पट फिक्सिङ) गरेको अभियोगम तीनजना खेलाडीसहित पाँचजनाविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले खेलाडीहरू नितेश गुप्ता, मेहबुब आलम र मोहम्म आदिल अन्सारी तथा नवीन कँडेल र रवि माझीविरुद्ध सोमबार अभियोगपत्र दायर गरेको हो। अभियुक्तमध्येका कँडेल र माझी गैरखेलाडी हुन्।
उनीहरुविरुद्ध ‘नेपाल टी–२० लिग’ मा ‘स्पट फिक्सिङ’ को अभियोग छ। अभियोगपत्रमा खेलाडीउपर राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिमको सजाय माग गरिएको छ। अभियुक्त मध्येका तीनजना खेलाडी पक्राउ परे पनि कँडेल र माझी फरार रहेको जनाइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान अनुरुप सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा चलाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९ गतेदेखि सुरु भएको ‘टी–२० लिग’ को खेलमा ‘फिक्सिङ’ भएको आरोप छ।
सीआईबीको सक्रियतामा गहिरो अनुसन्धानपछि फाइल सरकारी वकिललाई बुझाइएको थियो। स्पट फिक्सिङमा संलग्नताको आरोपमा पूर्वक्रिकेटर आलम, युवा अलराउन्डर अन्सारी र नितेश गुप्ता पक्राउ परेका थिए। फरार कँडेल र माझीलाई पक्राउ पुर्जिका लागि अदालत समक्ष आदेशको माग गरिएको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










