संसदको ध्यान प्रभावकारी ऐनकानुन निर्माण गर्नेतर्फ केन्द्रित हुनुपर्छ : सभामुख
राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अव प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ संसदको ध्यान दिनुपर्ने बताएका हुन्।
काठमाडौं, फागुन ८ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब संसदको ध्यान प्रभावकारी ऐनकानुन निर्माण गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।
राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अव प्रभावकारी ऐन कानून निर्माण गर्नेतर्फ संसदको ध्यान दिनुपर्ने बताएका हुन्।
संसदको भूमिकालाई प्रभावकारी पार्न सांसदहरुको भूमिका महत्वपूर्ण हुने उहाको भनाइ छ। सभामुख घिमिरेले सरकारलाई गतिशिल बनाउनका लािग प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि संसदप्रति उत्तरदायि नहुने छुट नरहेको धारणा राखे।
उनले आयोगले सिमित स्रोत साधनका बाबजुत धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखा संसदीय समितिमात्रै नभइ फुल हाउसमा छलफल हुनुपर्ने धारणा राखे। बिभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरु दर्ता गर्ने र राख्ने काम मात्रै भएकाले आयोगका कामहरुप्रति सरकार जवाफदेही हुने परिपाठी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उहाले बताए।
त्यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले समावेशीताको बुझाईमा एकरुपता आवश्यक पर्ने बताए। मुलुकमा वस्ने प्रत्येक व्यक्तिहरु, समुदाय सवैलाई न्याय गर्न सक्ने परिकल्पना राज्यले गरेको अवस्थामा केहि समुदायको मात्रै प्रतिनिधित्वलाई समावेशिता भन्न नमिल्ने उनले बताए।
कार्यक्रममा अन्य संवैधानिक आयोगका अध्यक्षहरुले बिभिन्न आयोगको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि समन्वयात्मक भूमिका आवश्यक रहेको धारणा राखेका थिए। सामाजिक न्याय प्राप्तिका लागि सवै अवरोध हटाऔ र यसका अवसरहरुको उपयोग गरौं भन्ने नारासहित सोमबार राष्ट्रिय समावेशी आयोग दिवस मनाइएको हो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










