Kathmandu Press

पार्टी बैठक रोकेर माधव नेपालसँगको छलफलमा प्रचण्ड 

अपराह्न सिंहदरबार पुगेका माधव नेपालसँग प्रचण्ड करिब एक घन्टादेखि छलफलमा छन् ।
पार्टी बैठक रोकेर माधव नेपालसँगको छलफलमा प्रचण्ड 

काठमाडौं, फागुन ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल जारी छ । 

सोमबार अपराह्न प्रधानमन्त्रीसँग राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न अध्यक्ष नेपाल सिंहदरबार पुगेका हुन् । उनीहरुबीच करिब एक घन्टादेखि छलफल जारी रहेको बताइएको छ । 

एकीकृत समाजवादी एमालेको उम्मेदवार राष्ट्रपति बन्न नहुने पक्षमा छ । उसले पनि लगातार रुपमा राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि माओवादी केन्द्रले पार्टीको निर्णयबाटै राष्ट्रिय सहमतिबाट राष्ट्रपति चुनिनुपर्ने बताइसकेको छ । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न माओवादी केन्द्रले आज साढे ४ बजे पदाधिकारी बैठक बोलाएको थियो ।

तर, पदाधिकारी बैठक केहीबेर रोकेर पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड माधव नेपालसँग छलफल गरिरहेका छन् ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बैठक केहीबेरपछि बस्ने जानकारी दिएका छन् ।  
 

प्रकाशित मिति: १६:४३ बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्