Kathmandu Press

लुम्बिनीका कृषिमन्त्री भण्डारीलाल अहिरले लिए सपथ 

लुम्बिनीका कृषिमन्त्री भण्डारीलाल अहिरले लिए सपथ 

काठमाडौं, फागुन ८ : लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरिएको छ ।

मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल अहिर आइतबार मन्त्री नियुक्त भएपछि लुम्बिनी प्रदेश सरकार तेस्रो पटक विस्तार भएको हो । उनलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ । 

उनलाई आज मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराए। एक साताअघि नेकपा (एमाले)का तर्फबाट कृषिमन्त्री बनेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ । 

त्यस्तै मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्रीको जिम्मेवारी तोकेका मन्त्री कृष्णा केसीले अहिलेसम्म पदबहाली गरेका छैनन्।

उनको पदबहाली नभएसम्म आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकिएको छ ।  

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्