Kathmandu Press

कम्युनिष्ट पार्टीबीच एकताको लहर छ, विप्लवजीहरु पनि आउनुहुन्छ : प्रचण्ड

काठमाडौं, पुस २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह पनि छिट्टै नेकपासँग....

कम्युनिष्ट पार्टीबीच एकताको लहर छ, विप्लवजीहरु पनि आउनुहुन्छ : प्रचण्ड

काठमाडौं, पुस २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह पनि छिट्टै नेकपासँग एकताका लागि आउने बताएका छन्।

शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विप्लव नेतृत्वको समूह पनि कम्युनिष्ट एकताकै पक्षमा रहेको बताए। उनले भने,‘विप्लवहरु एकतामा आउनुहुन्छ, अन्य साथीहरु पनि आउनुहुन्छ, तर ढिला भयो भने फाइदा गर्दैन।’ 

प्रचण्डले अप्ठ्यारो नमानेरै एकतामा आउन विप्लवलाई आग्रह पनि गरे। ‘विप्लव लगायतका साथीहरु अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस् म आग्रह गर्छु। हामी सबैको उद्देश्य समाजवाद हो, देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ, अब समाजवादी एकै ठाउँमा आउनुको विकल्प छैन,’ उनले भने।

उनले विभाजित कम्युनिष्ट पार्टी एकताबद्ध हुनुको विकल्प नरहेको पनि बताए। प्रचण्डले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आह्वान गरे।

उनले कम्युनिष्ट आन्दोलनको शुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिष्ट पार्टीहरुबीच एकताको लहर चलेको बताए।  कार्यक्रममा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी  नेता मोहन कार्की ‘जीवन्त’ र नेत्री सीता कार्की नेकपामा प्रवेश गरेका थिए।
 

प्रकाशित मिति: १२:३० बजे, शनिबार, पुस २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्