पूर्व मन्त्री श्रेष्ठको निधन
वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यता श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए ।
काठमाडौं, फागुन ८ : पूर्वस्वास्थ्यमन्त्री तथा प्राध्यापक डा। मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।
श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यता श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए ।
विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका ६ छोरा र एक छोरी छन् । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।
प्रकाशित मिति: ०९:१६ बजे, सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










