Kathmandu Press

पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौं : अध्यक्ष थापा

भक्तपुर, पुस २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन्।

राप्....

पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौं : अध्यक्ष थापा

भक्तपुर, पुस २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन्।

राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताएका हुन्। 

“पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौँ,” थापाले भने। 

अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी कांग्रेस कम्युनिष्टको विकल्पको रूपमा रहेको बताए। 

प्रकाशित मिति: १२:१६ बजे, शनिबार, पुस २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्