चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै
अस्पतालमा रहेका योगराज कँडेलका अनुसार उपचारमा खटिएका डाक्टर अमुल मात्रेले पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको जानकारी गराएका हुन् ।
काठमाडौं, फागुन ८ : खाना पकाउने (एलपी) ग्यास लिक हुँदा भएको आगलागीमा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
अस्पतालमा रहेका योगराज कँडेलका अनुसार उपचारमा खटिएका डाक्टर अमुल मात्रेले पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको जानकारी गराएका हुन् ।
अनुहारको डढेको कालो छाला झरेर नयाँ पलाउन लागेको जस्तो देखिएको तथा कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको छ ।
कृत्रिम अक्सिजनलाई आज शून्यमा झार्ने र प्राकृतिकरूपमा श्वासप्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डाक्टरहरुले बताएका छन् ।
प्रकाशित मिति: ०७:४७ बजे, सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










