जसपाले शुरु गर्यो राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल
जसपाको आइतबार काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी बैठकमा आगामी हुन लागेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गरेको हो ।
काठमाडौं, फागुन ८ : जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ ।
जसपाको आइतबार काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी बैठकमा आगामी हुन लागेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गरेको हो ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल भएको जसपाका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिए ।
बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको उनले बताए । जसपाले उपराष्ट्रपति पद आफूले पाउनुपर्ने माग गर्दै अन्य दलसँग पनि छलफल गरिरहेको छ ।
सरकारलाई समर्थन गरेको जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।
प्रकाशित मिति: ०६:५० बजे, सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










