Kathmandu Press

राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुविकरण हुन्छ : अध्यक्ष नेपाल

राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुविकरण हुन्छ : अध्यक्ष नेपाल

काठमाडाैं, फागुन ७ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुविकरण हुने बताएका छन।

पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकको आज उद्घाटन गर्दै अध्यक्ष नेपालले विगतमा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध भएका शक्तिबीच छलफल गरी राष्ट्रपतिको साझा उम्मेदवार प्रस्ताव गरिने हुँदा मुलुकमा नयाँ धु्रविकरणको वातावरण बन्ने बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अबका केही साताभित्र सत्तारुढ गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताउँदै गठबन्धन भत्किएपछि उत्पन्न हुने नयाँ राजनीतिक परिस्थितिले अग्रगमन पक्षलाई पुनः जोड्ने विचार व्यक्त गरे।

उनले विद्यार्थी हकहित र अधिकारका साथै सर्वसुलभ तथा गुणस्तरीय शिक्षाको विकासमा विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्नेमा जोड दिए। मुलुकमा राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि  कम्युनिष्ट आन्दोलन जगेर्ना गरी छरिएका ससाना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेको उनको भनाइ थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा अनेरास्ववियुको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो सङ्गठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्नेछ ।

प्रकाशित मिति: २०:१३ बजे, आइतबार, फागुन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्