Kathmandu Press

पार्टीबाट निस्कासित हुने भएपछि राजीनामा दिने तयारीमा दुर्गा प्रसाई

पार्टीबाट निस्कासित हुने भएपछि राजीनामा दिने तयारीमा दुर्गा प्रसाई

काठमाडाैं, फागुन ७ :  नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीले निष्कासन गर्ने भएकाे छ। नेकपा प्रदेश १ कमिटीले प्रसाईलाई पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी गरेकाे हाे।

केन्द्रीय सदस्य रविन कोइरालाका अनुसार ‘पार्टीको नीति र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेका छौं, अब पार्टी केन्द्रले त्यो प्रक्रिया पूरा गर्नेछ ।’

प्रसाईंले १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए ।

शुक्रबार बसेको प्रदेश कमिटीले प्रसाइलाई निष्कासनको सिफारिस गरेको उनले बताए । प्रदेश कमिटीको यस्तो निर्णयपछि प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आइतबार झापामा पत्रकारहरुसँग प्रसाईंले काठमाडौं गएर राजीनामा बुझाउने बताएका छन् ।

प्रकाशित मिति: १९:४७ बजे, आइतबार, फागुन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्