कांग्रेसले उठाएको व्यक्ति राष्ट्रपति बन्नेमा शंका छैन : महामन्त्री शर्मा

काठमाडाैं, फागुन ७ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन्।
नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे। उनले भने, ‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन।’
महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताए। पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटीका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै उनले त्यसमा कसले के कति गल्ती ग¥यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको बताए।
अबको केही दिनमा पुरानै गठबन्धन ब्यूँतिने उनको भनाइ थियो ।
प्रकाशित मिति: १६:१९ बजे, आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










