पोखरामा यात्रुवाहक बस दुर्घटना, उद्धार कार्य जारी
बसमा ४५ जनाभन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।
काठमाडौं, फागुन ७ ः कास्कीको पोखरामा यात्रुवाहक बस दुर्घटना भएको छ ।
बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६७४७ नम्बरको यात्रुवाहक बस आइतबार दिउँसो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार पोखरा आउँदै गरेको यात्रुवाहक बस पोखरा महानगरपालिका–२७ स्थित सडकबाट खोल्सामा खसेको हो ।
बसमा ४५ जनाभन्दा बढी यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा ठूलो संख्यामा मानिसहरु घाइते भएको आकलन गरिएको छ ।
दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा अहिले उद्धारको काम चलिरहेका कारण थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले बताए।
प्रकाशित मिति: १५:५२ बजे, आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










