Kathmandu Press

तनहुँमा ट्रकको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

तनहुँ, पुस २६ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। ठक्करबाट अर्का एक बालक घा....

तनहुँमा ट्रकको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु
Hardik ivf

तनहुँ, पुस २६ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। ठक्करबाट अर्का एक बालक घाइते भएका छन्।

 डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा गोरखा पालुङटारकी १० वर्षीया सुरता परियारको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।  

ट्रकको ठक्करबाट घाइते भएका १३ वर्षीय सुमित परियारको भरतपुरमा उपचार भइरहेको छ। मृतक बालिकाको दाहिने खुट्टा र कम्मरमुनिको भाग ट्रकको चक्काले पेलिएको थियो। चालक र ट्रकलाई प्रहरी नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: ०८:३५ बजे, शनिबार, पुस २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्