Kathmandu Press

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री

राष्ट्रिय समाचार समिति (रासस) को ६२औं वार्षिकोत्सवमा अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको अधिकारको सम्मान गर्ने र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका हुन्।
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री

काठमाडौं, फागुन ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका छन्। 

राष्ट्रिय समाचार समिति (रासस) को ६२औं वार्षिकोत्सवमा अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको अधिकारको सम्मान गर्ने र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका हुन्।

लोकतान्त्रिक शासन प्रणाली भएका ठाउँमा मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको उहाले बताए। उनले सूचना प्रविधिको तीव्र र द्रूत विकासले सञ्चार जगतका साथै सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको धारणा राखे।

विश्वमा सूचना र प्रविधिको द्रूत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा उनले जोड दिए।

उनले कुनै पनि नागरिकलाई सूचनाबाट वञ्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै वञ्चित गर्नु हो भन्ने मान्यता राखेर सञ्चारमाध्यमले काम गर्नुपर्ने पनि बताए। 

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, फागुन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्