Kathmandu Press

नेपालमा राजनीतिक परिवर्तन आउनुको पहिलो जग २००७ सालको क्रान्ति हो : झलनाथ खनाल

प्रजातन्त्र दिवसका अवसरमा आज (आइतबार) सामाजिक सञ्जालमार्फत उनले २००७ सालयता आजसम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्न, त्यसको विकास गर्न, त्यसलाई अझ समृद्ध र सुदृढ बनाउन सबैले जोडदार प्रयत्न गर्नुपर्नेमा उनले जोड दिएका छन्।
नेपालमा राजनीतिक परिवर्तन आउनुको पहिलो जग २००७ सालको क्रान्ति हो : झलनाथ खनाल

काठमाडौं, फागुन ७ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले लोकतन्त्रलाई नेपालमा राजनीति परिवर्तन आउनुको पहिलो जग २००७ सालको क्रान्ति भएको बताएका छन्।

प्रजातन्त्र दिवसका अवसरमा आज (आइतबार) सामाजिक सञ्जालमार्फत उनले २००७ सालयता आजसम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्न, त्यसको विकास गर्न, त्यसलाई अझ समृद्ध र सुदृढ बनाउन सबैले जोडदार प्रयत्न गर्नुपर्नेमा उनले जोड दिएका छन्। 

‘नेपालमा राजनीति परिवर्तन आउनुको पहिलो जग नै २००७ सालको क्रान्ति नै हो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले फेसबुकमा लेखेका छन्, ‘तसर्थ आजसम्मको हाम्रा यी प्राप्त उपलब्धिहरुलाई रक्षा गर्न, यसको विकास गर्न, अझ समृद्ध र सुदृढ बनाउन हामी सबैले जोडदार प्रयत्न गर्नुपर्छ।’

उनले २००७ सालको क्रान्ति सम्पन्न भएपछि नेपाल क्रमशः जनअधिकार र लोकतन्त्रको युगतिर प्रवेश गरेको उनले बताएका छन्।

‘यसबीचमा प्रजातन्त्रमाथि धेरै प्रकारका अवरोधहरू आए। ती तमाम अवरोधका बाबजुद हामीले २०४६ सालमा जनआन्दोलनमार्फत अर्को परिर्वतन गर्यौं। साथै २०६२/६३ मा पूर्ण रुपमा जनवादी क्रान्तिसमेत सम्पन्न गर्यौं। फलस्वरूप, आज हामीले संविधान सभाको निर्वाचन मार्फत नेपालमा नयाँ संविधान निर्माण गरेका छौं र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागतसमेत गरेका छौं,’ उनले लेखेका छन्।

प्रजातन्त्र दिवस ऐतिहासिक दिन रहेको उल्लेख गर्दै उनले प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सबै नेपालीको शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, फागुन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्