जजिराले गौतमबुद्ध विमानस्थलबाट फागुन २५ देखि पुनः उडान थाल्ने
जजिराले आगामी मार्च ९ (फागुन २५) देखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न लागेको विमानस्थलले जानकारी दिएको छ।
बुटवल, माघ ७ : जजिरा एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान थाल्ने भएको छ।
जजिराले पुस ६ पुसदेखि उडान रोकेको थियो। जजिराले आगामी मार्च ९ (फागुन २५) देखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न लागेको विमानस्थलले जानकारी दिएको छ।
मौसमको कारण देखाउँदै जजिराले दुई महिनापछि गौतमबुद्ध विमानस्थलबाट उडानथाल्ने भएको थियो। जेठ २ गते व्यावसायिक उडान सञ्चालन थालिएको गौतमबुद्ध विमानस्थलबाट जजिराले कुवेतमा नियमित उडान गरिरहेको थियो।
जजिराले साताको तीन दिन उडान गर्ने जनाइएको छ। मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उडान गर्ने तालिका तय भइसकेको विमानस्थलले जनाएको छ।सो एयरलाइन्सले अग्रिम टिकट बुकिङसमेत थालिसकेको बताइएको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारतीय सीमानजिकै रहेको छ। कुनै बेला जहाजले भारतीय आकाश प्रयोग गर्नुपर्ने भए पनि त्यसका लागि नेपाल–भारतबीच सम्झौता भइनसकेकाले सो विमानस्थलको प्रयोगमा एयरलायइन्सले रुचि देखाउने नगरेको बताइन्छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










