राष्ट्रपतिबाट आममाफी पाएका सांसद अरुण चौधरी रिहा

काठमाडौं, फागुन ७ : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् ।
७३ औं प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद चौधरीलाई आममाफी दिएकी हुन् । आममाफी पाएपछि सांसद चौधरी आइतबार रिहा भएका हुन् । रिहा भएलगत्तै उनले आफ्नो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई भेटेका छन् ।
रिहा भएका सांसद चौधरीलाई अध्यक्ष चौधरी लगायतले पार्टी कार्यालयमा स्वागत गरे ।
चौधरी कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित भएका थिए । १३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो ।
वि.सं. २०६६ भदौ ३ गते लु२त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएका चौधरीले कैद भुक्तान गर्न बाँकी थियो ।
प्रकाशित मिति: १२:११ बजे, आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










