यसपालिको भ्यालेन्टाइन्स डेमा पनि ओमार एक्लै परे । टिन्डरमा पनि उनले कुनै साथी भेटेनन् । 

यसपालिको भ्यालेन्टाइन्स डेमा पनि ओमार एक्लै परे । टिन्डरमा पनि उनले कुनै साथी भेटेनन् । 

यसपालिको भ्यालेन्टाइन्स डेमा पनि ओमार एक्लै परे । टिन्डरमा पनि उनले कुनै साथी भेटेनन् । 

Kathmandu Press

अमेरिकामा एसियाली पुरुषलाई जोडी भेट्न गाह्रो, महिलालाई सजिलो

यसपालिको भ्यालेन्टाइन्स डेमा पनि ओमार एक्लै परे । टिन्डरमा पनि उनले कुनै साथी भेटेनन् । 

अमेरिकामा एसियाली पुरुषलाई जोडी भेट्न गाह्रो, महिलालाई सजिलो

यसपालिको भ्यालेन्टाइन्स डेमा पनि ओमार एक्लै परे । टिन्डरमा पनि उनले कुनै साथी भेटेनन् । 

काममा हुँदा होस् वा घुमफिर गर्दा, ओमारसँग चिनापर्ची गर्न आइपुग्ने महिलाहरू प्रायः दक्षिण एसियाली मूलकै हुन्छन् । उनी आफै पनि दक्षिण पूर्वी एसियाली मूलकै हुन् । हाल क्यानडाको भ्यान्कुभर सहरमा बस्ने यी ३१ वर्षीय युवकको सम्पर्क–संसर्गमा अमेरिकन, यूरोपेली वा अन्य समुदायका महिलाहरू बिरलै आउँछन् ।  

भ्यान्कुभर विश्वमै धेरै एसियाली बस्ने बहुसाँस्कृतिक सहरमध्ये एक हो । सन् २०१७ मा प्रकाशित एक समाचार अनुसार, यहाँका ४३ प्रतिशत मानिस एसियाली मूलका छन् । 

Hardik ivf

भ्यान्कुभर धेरै अन्तरजातीय विवाह हुने सहर पनि हो । सन् २०१४ को सरकारी तथ्याङ्क अनुसार यहाँ बस्ने जोडीमध्ये झण्डै दश प्रतिशत अन्तरजातीय– अन्तरसाँस्कृतिक छन् । 

तर, डेटिङको सवालमा यहाँ अझै पनि जातिवादी सोंच छ । ओमार आफ्नो जातीय एवं साँस्कृतिक पृष्ठभूमिकै कारण मूलधारको डेटिङबाट बहिष्कृत भएको बताउँछन् । ‘डेटिङभन्दा बाहिर काममा पनि, मसँग धेरै अन्तरक्रिया गर्ने महिलाहरू प्रायः एसियाली नै हुन्छन् । श्वेत वा अन्य जातिका विरलै हुन्छन्,’ उनले बताए ।

भ्यान्कुभरमा मात्रै होइन, उत्तर अमेरिकाका धेरै एसियाली पुरूषका लागि यो सामान्य बन्दै गएको छ । त्यहाँका अनलाइन डेटरले आफ्नो प्रोफाइलमा प्रायः ‘म एसियालीसँग डेटिङ गर्दिनँ’ वा ‘एसियाली वर्जित’ जस्ता पोस्ट राख्ने गरेका छन् ।

उत्तर अमेरिकी डेटिङ साइट तथा एप ओकेक्युपिडले सन् २०१४ मा गरेको एउटा अध्ययन अनुसार, श्वेत, अश्वेत र ल्याटिन महिलाहरूले एसियाली पुरूषलाई सबैभन्दा कम रेटिङ गरेका छन् । न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटीले गरेको एउटा स्पिड–डेटिङ अध्ययनमा एसियाली पुरूषलाई दोश्रो डेट पाउन धेरै कठिन हुने गरेको पाइएको छ ।

डेटिङ एपले उत्तर अमेरिकाको नस्लवादी सोंचलाई प्रस्तुत गरेको विज्ञहरू बताउँछन् । त्यहाँ यूरोपेली मूलका मात्रै आकर्षणको केन्द्रमा हुन्छन् । 

‘उत्तर अमेरिकाका एसियाली पुरूषलाई ऐतिहासिक रूपमै कमजोर, यौनका लागि अनाकर्षक मानिन्थ्यो । उनीहरूलाई श्वेत पुरूषको परस्पर विपरीत ठानिन्थ्यो,’ माइकल हर्टले बताए । हर्ट संयुक्त राज्यमा हुर्किएका कोरियाली–अमेरिकी समाजशास्त्री हुन् ।

यसको ठीक विपरीत छ, एसियाली महिलाको अनुभव । ओकेक्युपिडको अध्ययनमा, सबै जातिका पुरूषले एसियाली महिला नै बढी चाहना गर्ने देखिएको छ । आर यु इन्टेरेस्टेड नामक अनलाइन डेटिङ प्लेटफर्मले २४ लाख अन्तरक्रियाको विश्लेषण गरेको थियो । त्यसमा सबै जातीय समूहमध्ये एसियाली महिलाले सबैभन्दा धेरै सन्देस पाउने गरेको निष्कर्ष निस्कियो । 

चिनियाँ क्यानडेली नागरिक क्रिस्टिन वोङ भन्छिन्, ‘यहाँ एसियाली महिलाहरू पातला, ढिलो बुढो हुने, वफादार र यौनमा आज्ञाकारी हुन्छन् भन्ने आम मान्यता छ ।’ 

उनले आफैले पनि श्वेत पुरूषसँग प्रशस्तै डेट गरेको बताइन् ।

‘मैले डेट गरेका श्वेत पुरूषहरूले मेरो एसियाली रुप मन पराएका हुन् कि मभित्रको मलाई, यो पत्ता लगाउँन सधैं मुश्किल पर्थ्यो,” उनले सुनाइन् ।
हर्टका अनुसार, उत्तर अमेरिकाका श्वेत पुरुषले एसियाली महिलालाई ड्रागन लेडिज वा गिसा गल्र्स का रूपमा हेर्छन् । 

भ्यान्कुभरजस्तै सान फ्रान्सिस्कोमा पनि एसियाली महिला र श्वेत पुरूषको जोडी सामान्य हो । त्यहाँको ३३ प्रतिशत जनसख्ंया एसियाली समुदायका छन् ।

श्वेत मंगेतरसँग प्रेम सम्बन्ध राख्नुको जातीय जटिलता÷ जटिल जातिय पक्ष र प्रभावबारे लेख्दै आएकी 

३४ वर्षीया लेखिका ट्रिया च्याङले श्वेत मंगेतरसँग रहँदा–बस्दाका जटिलताबारे लेखेकी छिन् । उनले आफ्नो रोजाईका कारण अरुबाट आलोचित हुनुपर्ला कि भनेर सधैं सचेत हुन्छिन् । 

जाति र विविधता बारे अझ धेरै छलफल र बहसले एसियाली महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँने उनले बताइन् । 

‘मेरो विचारमा धेरैभन्दा धेरै एसियाली–अमेरिकी महिलाले आवाज उठाउँने र विचारको विविधता देखाउने गरे, हामी एकात्मक–सँस्कृतिका होइनौं र कुनै पनि रूढिवादसँग मेल खाँदैनौं भन्ने मानिसहरूले बुझ्नेछन् ।’

साउथ चाइन मर्निङ पोस्ट
 

प्रकाशित मिति: ०७:२७ बजे, शुक्रबार, फागुन ३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्