Kathmandu Press

विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध  

नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाटोको अवस्थाबारे जानकारी दिएको हो । 
विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध  

काठमाडौं, कात्तिक ८ : बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाटोको अवस्थाबारे जानकारी दिएको हो । 

गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ऐ. गाउँपालिका–९ नयाँपुल (सोतिमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ । 

गोरखाकै आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा बाढीका कारण अवरोध सृजना भएकोमा हाल साना सवारी साधन मात्र सुचारु भइरहेका छन् ।

कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएकोमा हाल उक्त सडक खण्ड एकतर्फी रूपमा सुचारु भएको छ ।  

 

प्रकाशित मिति: ०७:५२ बजे, आइतबार, कात्तिक ८, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्