Kathmandu Press

प्रदेश ३ ले दुई दिनपछि स्थायी राजधानी पाउँछ : मुख्यमन्त्री पौडेल

हेटाैँडा, पुस २५ : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताएका छन्।

उद्योग संघ मकवानपुरले ....

प्रदेश ३ ले दुई दिनपछि स्थायी राजधानी पाउँछ : मुख्यमन्त्री पौडेल
फाइल

हेटाैँडा, पुस २५ : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताएका छन्।

उद्योग संघ मकवानपुरले शुक्रबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौँडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताएका हुन्। मुख्यमन्त्री पौडेलले मकवानपुरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न प्रदेश ३ सरकार लागिरहेको बताए। 

उनले हेटौँडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश नम्बर ३ मातहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकारमार्फत हस्तान्तरण हुन बाँकी रहेकाले ठोस् कदम चाल्न नसकिरहेको प्रष्ट पारे।

मुख्यमन्त्री पाैडेलले निजी क्षेत्रलाई प्रोत्साहन गरेमात्रै देशले आर्थिक उपलब्धि हासिल गर्नसक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको बताए।
 

प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्