Kathmandu Press

विमान दुर्घटनामा दिवंगतको आत्मशान्तिका लागि महायज्ञ

विमान दुर्घटनाका कारण यात्रुका आफन्तजनमा पर्न गएको पीडाबोध  महसुस गरी उनीहरुमा धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त होस् र दिवंगत भएकाको आत्माले शान्ति प्राप्त गरून् भन्ने उद्देश्यले हिन्दू परम्पराअनुसार शिवरात्रिका अवसरमा महायज्ञ गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
विमान दुर्घटनामा दिवंगतको आत्मशान्तिका लागि महायज्ञ

काठमाडाैं, फागुन ६ : यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवंगत आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तीनदिने महायज्ञ सम्पन्न गरेको छ।

धार्मिक गुरु एवं ज्योतिषी पुस्कर खतिवडाको अगुवाइमा आचार्य लक्ष्मीप्रसाद खतिवडाको नेतृत्वमा शङ्कराचार्य पीठ वेदवेदांग पाठशाला, झापाका ब्राह्मण तथा गुरुद्वारा गरिएको महायज्ञ यही फागुन ४ गतेदेखि सुरु भई आज शिवरात्रिको दिनमा सम्पन्न भएको हो। महायज्ञमा एयरलाइन्सका सम्पूर्ण विमानको समेत पूजा गरिएको थियो।

विमान दुर्घटनाका कारण यात्रुका आफन्तजनमा पर्न गएको पीडाबोध  महसुस गरी उनीहरुमा धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त होस् र दिवंगत भएकाको आत्माले शान्ति प्राप्त गरून् भन्ने उद्देश्यले हिन्दू परम्पराअनुसार शिवरात्रिका अवसरमा महायज्ञ गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। 

प्रकाशित मिति: १६:१७ बजे, शनिबार, फागुन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्