Kathmandu Press

माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा, पुस २५ :  गण्डकी प्रदेशले माघे संक्रान्तिका दिन सार्वजनिक बिदा दिने भएकाे छ। 

मन्त्रिपरिषद्को बैठकले माघे सक्रान्तिका ....

माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा, पुस २५ :  गण्डकी प्रदेशले माघे संक्रान्तिका दिन सार्वजनिक बिदा दिने भएकाे छ। 

मन्त्रिपरिषद्को बैठकले माघे सक्रान्तिका दिन माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए। 

बैठकले प्रदेश दुग्ध विकास बोर्डको सदस्यसचिवमा ग्रिष्म न्यौपानेलाई नियुक्ति गर्ने निर्णय गरेको मन्त्री बस्नेतले बताए।

यसैगरी, बैठकले कर्मचारीको पदस्थापन तथा सरुवा सम्बन्धीमापदण्ड २०७६ स्वीकृत गर्ने, प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने, होमस्टे (घरवास) सञ्चालन र व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति पनि दिएको उनले जानकारी दिए। 

गण्डकी प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धी विधेयक स्वीकृत गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको बस्नेतले जानकारी दिए।
 

प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्