Kathmandu Press

कांग्रेस सांसद भण्डारी खतरामुक्त, स्वास्थ्यमा क्रमिक सुधार  

उपचारमा सहयोगका लागि साथमा रहेका योगराज कँडेलले दिएको जानकारीअनुसार उपचारमा संलग्न चिकित्सक डा.सुनिल केस्वानीले स्वास्थ्यमा सुधार भइरहेको जनाएका छन्।
कांग्रेस सांसद भण्डारी खतरामुक्त, स्वास्थ्यमा क्रमिक सुधार  

काठमाडौं, फागुन ६ : नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। 

आगलागीका कारण गम्भीर घाइते बनेका भण्डारीको उपचारमा सहयोगका लागि साथमा रहेका योगराज कँडेलले दिएको जानकारीअनुसार उपचारमा संलग्न चिकित्सक डा.सुनिल केस्वानीले स्वास्थ्यमा सुधार भइरहेको जनाएका छन्।

सोमबारबाट भेन्टिलेटर हटाउने योजना रहेको पनि डा. केस्वानीले भण्डारीका आफन्तसँग बताएका छन्। मुख र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएकाले हाललाई तुरुन्त अर्को सर्जरी नगरिने भनाई भण्डारीको उपचारमा संलग्न चिकित्सकको भनाई रहेको कंडेलले जानकारी दिएका छन्। 

सांसद भण्डारीलाई नेपालमा उपचार सम्भव नभएपछि बिहीबार श्री एअरलाइन्सको विमानमार्फत उपचारका लागि मुम्बईमा रहेको नेसनल बर्नस् सेन्टरमा लगिएको थियो। 

बुधबार राति आगलागीमा परेर भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए। भण्डारीको स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिइएको थियो।

भण्डारीकी आमाको भने बिहीबार विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ।

प्रकाशित मिति: १४:४५ बजे, शनिबार, फागुन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्