Kathmandu Press

राष्ट्रपतिकाे उपस्थितिमा सैनिक मञ्चमा नेपाली सेनाको विशेष समाराेह

सेनाले परेड, युद्धकला, तोप बढाइँ, कवाज, आतसबाजी र सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेको थियो।
राष्ट्रपतिकाे उपस्थितिमा सैनिक मञ्चमा नेपाली सेनाको विशेष समाराेह

काठमाडौं, फागुन ६ : नेपाली सेनाले आज (शनिबार) मुलुकभर विविध कार्यक्रम गरी २६०औं स्थापना दिवस मनाएको छ। साे अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको सो अवसरमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गर्‍यो। सेनाले परेड, युद्धकला, तोप बढाइँ, कवाज, आतसबाजी र सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेको थियो।

राष्ट्रपति भण्डारीले सो अवसरमा त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरिन्। उनले सेनाको सलामी पनि ग्रहण गरिन्। हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनीसहित पुष्पवृष्टि गरिएको थियो। 

सो अवसरमा भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायती सेनाको टोलीद्वारा ब्यान्डसमेत प्रस्तुत गरियो। हाल प्रधानसेनापति प्रभुराम शर्मा छन्। नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको।

RS_KTM1676710523.jpg

heli1676710523.jpg

प्रकाशित मिति: १४:३४ बजे, शनिबार, फागुन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्