Kathmandu Press

भारतमा पाम तेलमा लगाएकाे प्रतिबन्धले नेपाली अर्थतन्त्र नकारात्मकतर्फ धकेलिने

काठमाडौं, पुस २५ : भारतले नेपालबाट भारततर्फ निर्यात हुने पाम तेलमा प्रतिबन्ध लगाएपछि नेपालको निर्यातको सूचकमा नकरात्मक असर पर्ने देखिएको छ। ....

भारतमा पाम तेलमा लगाएकाे प्रतिबन्धले नेपाली अर्थतन्त्र नकारात्मकतर्फ धकेलिने

काठमाडौं, पुस २५ : भारतले नेपालबाट भारततर्फ निर्यात हुने पाम तेलमा प्रतिबन्ध लगाएपछि नेपालको निर्यातको सूचकमा नकरात्मक असर पर्ने देखिएको छ। 

व्यवसायीहरुले मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम तेल नेपाल ल्याएर सामान्य रिफाइन्ड गरी भारत निर्यात गर्दै आएका थिए। यसले नेपाली अर्थतन्त्रमा निर्यातको अंक बढाएर सकारात्मक सूचक सृजना गर्दै आएको थियो। गत आर्थिक वर्ष र यो आर्थिक वर्षको पहिलो ६ महिनासम्म नेपालबाट निकासी हुने वस्तुमा पाम तेल एक नम्बरमा हुँदै आएको थियो।

आर्थिक वर्ष २०७५-७६ मा १० अर्ब ३० करोडको पाम तेल भारत निकासी भएको थियो। यो आर्थिक वर्षको पहिलो ५ महिनामा मात्रै ६ अर्ब ४२ करोड ९२ लाख मूल्यको पाम तेल निर्यात भएको छ। पाम तेल मलेसिया र इन्डोनेसियामा पाइने पाम (फलफूल) बाट बनेको तेल हो। नेपाली व्यवसायीहरुले ति मुलुकबाट सामान्य रिफाइन्ड गरेको कच्चा पाम ल्याएर नेपालमा मेसिन राखी शुद्धिकरण र प्याकेजिङ गरेर भारततर्फ निर्यात गर्दै आएका थिए।
 
पाम तेलमा भारतले प्रतिबन्ध लगाएसँगै यो आर्थिक वर्ष निकासी हत्तै घट्ने भएको छ। जसले अर्थतन्त्रमा नै नकरात्मक असर पुग्ने बताइएको छ।  साफ्टा (दक्षिण एसिया फ्रि व्यापार सन्धी) अन्तर्गत नेपाली व्यापारीहरुले भारतमा फ्रि ट्याक्स ट्यारिफमा पाम तेल निकासी गर्दैै आएका थिए।

प्रकाशित मिति: १७:५१ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्