Kathmandu Press

देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन (तस्बिरहरू)

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी मनाइएको हो।
देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन (तस्बिरहरू)

काठमाडाैं, फागुन ६ : महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी मनाइएको हो।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेख छ।

RishiramBaral_Kaski_RSS_06_20230218_0825331676705658.jpg

महाशिवरात्रिका दिन शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड लागेको छ। पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पाशुपत क्षेत्रमा शान्ति सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ।

TO_KAILALI1676705657.jpg

पाशुपत क्षेत्रका विभिन्न स्थानमा सुरक्षाकर्मी तैनाथ रहेका छन्। मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक–एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक–एक गरी दुई लाइनको व्यवस्था गरिएको छ।

JNK_BHAJANI1676705658.jpg

यस पटक तीन हजार बढि योगी, साधु, सन्त, महन्थसहित बाबाको आवागमन भएको छ। व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।

RishiramBaral_Lekhanath_RSS_06_20230218_082228(1)1676705658.jpg

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ।

RishiramBaral_Lekhanath_RSS_06_20230218_0823001676705659.jpg

RA_DEUKHURI1676705659.jpg

JNK_BHAJANI1676705658.jpg

LPY_GOLBAZAR1676705657.jpg

IMG_20230218_0656131676705656.jpg

KN_DAMAULI1676705656.jpg

BimalBista_KTM_RSS_06_khullachauramasutekaharu1676705655.JPG

BimalBista_KTM_RSS_06_pasupatimavid1676705655.JPG

dolesor_Moment AFEBQAE1676704945.jpg

dolesor_Moment WYRRNMWRN1676704946.jpg

dolesor_Moment1676704946.jpg

dolesor_MomentBNWTNTWR1676704946.jpg

प्रकाशित मिति: १३:२२ बजे, शनिबार, फागुन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्