भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको हो।
भक्तपुर, फागुन ६ : महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको हो।
मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको थियो। अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रीका दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको थियो।
महाशिवरात्रि पर्वका लागि डोलेश्वरमा भारतबाट तीन सयभन्दा बढी साधुसन्त आएका छन्। डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने र फर्कने बेलामा भेटीको रुपमा यातायात खर्चको व्यवस्थासमेत गरिएको छ।
यस्तै भक्तपुर दत्रातयमा पनि शिवरात्रीका अवसरमा भक्तजनको घुइचो लागेको छ।








![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










