Kathmandu Press

नामिबियाविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा नेपालले लगातार तस्रो खेलमा टस जितेर बलिङ गर्ने गरेको हो।
नामिबियाविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो

काठमाडाैं, माघ ६: आईसीसी विश्वकप लिग २ अन्तर्गतको कोणात्मक सिरिजमा नेपालले नामिबियाविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा नेपालले लगातार तस्रो खेलमा टस जितेर बलिङ गर्ने गरेको हो।

घरेलु मैदानमा नेपाल लगातार तेस्रो जितको खोजीमा छ। यसअघि नेपालले नामिबियालाई २ र स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो,

मुख्य प्रशिक्षक मोन्टी देसाईले स्कटल्यान्डविरुद्धको टिमलाई नै नामिबियाविरुद्ध उतारेका छन्।

सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपाली टिम :  आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, सन्दीप जोरा, गुल्सन झा, कुशल मल्ल, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।

प्रकाशित मिति: ०८:५४ बजे, शनिबार, फागुन ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्