साझा पार्टीले पुस २७ गतेलाई एकता दिवसका रुपमा मनाउने
काठमाडौं, पुस २५ : साझा पार्टीले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने भएको छ।
साझाले शुक्रबार विज्ञप्ति जारी गरी पुस....

काठमाडौं, पुस २५ : साझा पार्टीले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने भएको छ।
साझाले शुक्रबार विज्ञप्ति जारी गरी पुस राष्ट्र एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मजयन्तिका दिन राष्ट्रिय एकता दिवसका रुपमा मनाउने निर्णय गरेको जानकारी दिएको हो।
नेपालको विविधताको जगमा राष्ट्रिय एकतालाई सवल बनाउने मार्गदर्शक सुत्रका प्रणेता पृथ्वीनारायण शाहको दुरदर्शिता र दिव्य उपदेश संवृद्ध नेपाल निर्माणका लागि अहिले पनि उत्तिकै सान्दर्भिक रहेको विज्ञप्तिमा उल्लेख छ।
साझा पार्टीले ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ भने झैँ पृथ्वीनारायण शाहले नेपाल राज्यको निर्माण नगरिदिएको भए आज हामी के हुन्थ्यौँ अनुमान गर्न कठिन रहेको पनि उल्लेख गरेको छ।
यस्तै, साझा पार्टीले सरकारलाई नेपाली रूपैयाँमा पृथ्वी नारायण शाहको फोटो अंकित गर्न र हरेक सरकारी कार्यालयमा ससम्मान उनको फोटो राख्न निर्देशन जारी गर्न आग्रह गरेको छ।
उसले देश, विदेशमा रहेका सबै नेपाली तथा साझा पार्टीका सबै इकाइलाई हरेक वर्ष पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन पनि आग्रह गरेको छ।









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

